५ घर जले | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

५ घर जले

aago-lage-ko

डोल्पा,२७ पुष । मुडेचुला गाउँपालिकाको होर्त गाउँमा बुधबार ५ घर जलेका छन् । नैनसिंह बुढाको घरमा राखिएको खरमा लागेको आगो छिमेकमा फैलिँदा कन्नगिरी बुढा, दत्त, मसान्ती र पुन्न बुढाका घर जलेका हुन् ।

आगलागीमा करोडौंको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिप्रसाद शर्माले बताए । यस्तै त्रिपुरासुन्दरी–७ साइलाबाडाका हरिरूप शाहीको घरमा पनि मंगलबार दिउँसो आगलागी हुँदा २ कोठे घर जलेर पूर्ण रूपमा क्षति भएको छ । घर, अन्नबाली, लत्ताकपडा र भाँडावर्तनलगायत सामान जलेको लालवीरले फोनमा बताए ।आजको कान्तिपुर पत्रिकामा यस्तो खवर छ

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);