काठमाडौं, १८ असार । बागमती प्रदेश सभाको बैठक आज बस्ने भएको छ । आइतबार साँझ बस्ने भनिएको बैठक स्थगित गरिएको थियो । आज बिहान ११ बजे बैठक बोलाइएको हो ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रतिपक्षी दलको विरोधका कारण बैठक बस्न सकिरहेको छैन ।
बजेट वक्तव्यमा सत्तापक्षले प्रतिपक्षसँग सहमति जुटाउने सिलसिलामा आइतबार बसेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि बैठक स्थगित भएको थियो ।