काठमाडौं, १० असार । किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) पुरुष भलिबल नेसन्स लिगको अन्तिम खेलमा नेपालले आज उज्वेकिस्तानसँग प्रतिष्पर्धा गर्दैछ । बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले
उज्वेकिस्तानको सामना गर्न लागेको हो ।
नेपाल र उज्वेकिस्तानबीचको खेल दिउँसो पौने २ बजे शुरु हुनेछ । नेपाल आज पहिलो जितको खोजीमा छ । नेपालले अघिल्ला पाँच खेलमा लगातार हार व्यहोरेको थियो । नेपालले पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग हार व्यहोरेको थियो भने तेस्रो खेलमा इरान र चौथो खेलमा तुर्किमिनिस्तानसँग पराजित भएको थियो । यस्तै शुक्रवार किर्गिस्तानको बी टोलीसँग पराजित हुँदै नेपालले पाँचौं हार व्यहोरेको थियो ।