नेपाली क्रिकेट टिमलाई ओलीको सान्त्वना–कहिलेकाहीं मेहनत गर्दापनि परिणाम आउँदैन् | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

नेपाली क्रिकेट टिमलाई ओलीको सान्त्वना–कहिलेकाहीं मेहनत गर्दापनि परिणाम आउँदैन्

काठमाडौं, १० असार । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले खेलाडीहरुलाई ढाडस दिएका छन् । आइसीसी एक दिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा समुहचरणबाटै बाहिरिएको नेपाली क्रिकेट टिमलाई पूर्व प्रधानमन्त्री ओलीले निराश नहुन भन्दै सान्त्वना दिएका हुन् ।

कहिलेकाहीं मेहनतका बावजूद पनि परिणाम प्राप्त नहुने उनको तर्क छ । अध्यक्ष ओलीले परिणाम सोचेजस्तो नआए पनि नेपाली टिमको मेहनत कमजोर नभएको भन्दै खेलाडीहरुलाई हौसला दिएका छन् । नेता ओलीले खेलाडीहरु नेपाल फर्केपछि सँगसँगै खाना खानेगरि भेट्ने पनि प्रतिवद्धता गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘यात्रा जारी छ !
हिजो मैले नेपाली टिम र नेदरल्याण्डबीचको खेल लाईव हेरें। मोबाइलमा इन्टरनेट स्लो भएर केही डिस्टर्ब भयो, तैपनि हेरें। आइसीसी एक दिवसीय क्रिकेट विश्वकपमा सहभागी हुन त हामीले पाएनौं। मेहनत जननी हो भने परिणाम शीशु। कहिलेकाहीं मेहनतका बावजूद पनि परिणाम प्राप्त नहुन सक्छ।यसबाट निराश हुनु हुँदैन। परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर थिएन। मेहनतका लागि धन्यवाद नेपाली क्रिकेट टिम ! नेपाल फर्केपछि सँगसँगै खाना खानेगरि भेटौँला। एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);