अबैध रुपमा ल्याउँदै गरेको लत्ताकपडा बरामद | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

अबैध रुपमा ल्याउँदै गरेको लत्ताकपडा बरामद

काठमाडौं, ३० जेठ । रौतहट जिल्लाको गौर नगरपालिका–२ स्थित भन्सार ईलाकाबाट १ लाख १९ हजार ७ सय ८० रुपैयाँ बराबरको किराना सामान तथा लत्ताकपडा सशस्त्र प्रहरीले जेठ २९ गते बरामद गरेको छ ।

भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सामान प्रस्तावित सीमा सुरक्षा गुल्म गौरले बरामद गरेको हो ।

यसैगरी नम्बर ३४ गण कैलालीले जेठ २९ गते कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ३ चटकपुर ईलाकाबाट भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको १ लाख ६ हजार ४ सय ५० रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।

बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायव उपरीक्षक सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);