राप्रपाले माग्यो अनलाइन आवेदनमार्फत ३ जिल्लाको संयोजक | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

राप्रपाले माग्यो अनलाइन आवेदनमार्फत ३ जिल्लाको संयोजक

काठमाडौं, ३० जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ जिल्लाका लागि नयाँ संयोजक चयन गर्न अनलाइन आवेदन आह्वान गरेको छ । पार्टीले भर्खरै विघटन गरेका ३ जिल्ला दाङ,मोरङ र रौतहटमा नयाँ संयोजक चयन गर्न आवदेन माग गरेको हो ।

लामो समयदेखि निष्क्रिय, विवादीत र गतिविधि शुन्य रहेको भन्दै दाङ, मोरङ र रौतहट जिल्ला कार्यसमिति विघटन गर्ने निर्णय गरेको थियो ।

पार्टीभित्र सक्रिय, अन्य पार्टीमा रहेका र कुनै पार्टीको सदस्य नभएपनि नेतृत्व गर्ने क्षमता भएकाहरुलाई आवेदन खुल्ला गरेको हो ।

अनलाइन फारममा नाम, स्थायी ठेगाना,जन्म मिति, लिङ्ग,शैक्षिक योग्यता,सम्पर्क नम्बरका अलाबा ३ सय शब्दमा नबढाइ कार्यानुभव र आगामी कार्ययोजना खुलाएर फारम भर्नुपर्ने व्यवस्था राप्रपाले गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);