प्रतिनिधि सभामा दुई वटा विधेयक पेस | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

प्रतिनिधि सभामा दुई वटा विधेयक पेस

काठमाडौं । प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८०/०८१ को ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० पेस भएका छन् ।

सोमवारको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले दुवै विधेयक संसद समक्ष प्रश्तुत गर्नुभएको हो ।

सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रश्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथिको बिरोधको सूचना दिनुभएको थियो । तर उक्त दुवै विधेयक पेस गर्नुअघि सांसद प्रेम सुवालले राखेको विधेयक प्रश्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथिको बिरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

अहिले विनियोजित विधेयकको विषयमा छलफल शुरु भएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);