उपलब्धीजनक सम्झौता नहुने भएकै कारण भारत भ्रमण गइनँः मन्त्री किराँती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उपलब्धीजनक सम्झौता नहुने भएकै कारण भारत भ्रमण गइनँः मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले दुई देशबीचमा उपलब्धीजनक सम्झौता नहुने भएकै कारण आफू भारत भ्रमणमा नगएको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा खिजिदेम्बा हुँदै नयाँ पर्यटन पथमार्ग शुमारम्भ र खिजिदेम्बामा गल्फ खेलको सम्भावना उजागर गर्न हेतु आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफूले हेलिकप्टर पनि नचढ्ने र दुई देशबीचको सम्झौता उपलब्धिमुलक नहुने भए विदेश भ्रमण नजाने प्रण गरेको बताउनु भयो । उहाँले ओखलढुंथगाको खिजिदेम्बामा गल्फले पर्यटन क्षेत्रमा नयाँ आयाम थपेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हेलिकप्टर को चढिएन ? भयो के ? यतिसम्म भयो की ठूला व्यापारी धनाढ्य घरानाकोले त उडाउने नै भयो । कति हो कति हुँदो रहेछ, पर्यटन मन्त्रालय उड्नुपर्ने । ७० वटा जति देशबाट त निमन्त्रणा नै आयो । भ्रमण पनि जान्न भन्दिएँ । मैले हेलिकप्टर पनि नचढ्ने दुई देशबीचको सम्झौता हुँदैन भने विदेश पनि नजाने । त्यसैले यसपालि इण्डिया पनि नगएको । खासमा पर्यटनमन्त्री त सवारीमन्त्री हो नि, जानुपर्दथ्यो नि त तर गएर केही हुँदैन, आफ्नै भुमिका केही हुँदैन भने किन जाने ? ठूलो मान्छे भयो नभन्नुहोला, त्यहाँका मानिसले ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);