रविको आक्रोस : घण्टीलाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

रविको आक्रोस : घण्टीलाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ

काठमाडौं, ११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकताको विषयमा मानिसहरुले इरिटेड गराएको गुनासो पोखेका छन् । उनले आज सामाजिक सञ्जालमा लेखेका छन्,‘मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।’

रविले सर्वोच्च अदालतको मिती २०७९/१०/१३ को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा अमेरिकी नागरिकता परित्याग गरेको निश्चित गरेको स्पष्ट पारेका छन् । साथै अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको पनि स्मरण गराएका छन् ।

अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा आफूसँगै भएकाले मिति २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको उनले बताएका छन् । उनले यसका जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको छन् । रविले आक्रोस पोख्दै लेखेका छन्,‘घण्टीलाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ ।’

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);