भारतका बौद्ध धर्मगुरु ताइसितुपा रिन्पोछे तीन दिने नेपाल भ्रमणमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

भारतका बौद्ध धर्मगुरु ताइसितुपा रिन्पोछे तीन दिने नेपाल भ्रमणमा

काठमाडौं । भारतका बौद्ध धर्मगुरु ताइसितुपा रिन्पोछे तीन दिने नेपाल भ्रमणमा आउनुभएको छ ।

उहाँ तीन दिने नेपाल भ्रमणमा आउनुभएको हो । उहाँ बौद्ध धर्म अन्तर्गत कग्यु समुदायका १२ औं अवतारी धर्मगुरु हुनुहुन्छ । उहाँ नेपालको बौद्धस्थित ठाङ्गु टासी छोलिङ्ग गुम्बाका प्रमुख धर्मगुरु ९० वर्षीय ठङ्गु रिम्पोछेको स्वास्थ्य अवस्था बुझ्न शुक्रवार नेपाल भ्रमणमा आउनुभएको हो । उहाँ भारतस्थित काँगडाको हिमाञ्चल प्रदेशबाट नेपाल आउनुभएको बौद्धनाथ क्षेत्र विकास समितिका पूर्व अध्यक्ष सम्पूर्णकुमार लामाले बताउनु भयो । उहाँका अनुसार रिन्पोछेले वि.सं. २०७२ को महाभूकम्पमा परी क्षति भएको बौद्ध स्तुपाको पुनः सिनर्माणमा सहयोग गर्नुभएको थियो । नेपाल भ्रमणका क्रममा उहाँले बौद्ध धर्म गुरुहरुसँग भेटघाट र नेपालका बौद्ध गुम्बाहरुको भ्रमण गर्ने कार्यक्रम रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘भारतस्थित काँगडाको हिमाञ्चल प्रदेशबाट नेपाल आउनुभएको हो। उहाँ हाम्रा परमपुजनीय धर्मगुरु ताइसितुपा रिन्पोछे, १२ औं अवतारी आउनुभएको हो । उहाँ यहाँका धर्मगुरु ठंगु रिन्पोछेलाई भेट्न आउनुभएको । यहाँका गुरु बिरामी हुनुहुन्छ । बौद्धमा आउँदा हामी खुशी छौँ । उहाँले २०७२ को भूकम्पमा पनि बौद्ध स्तुपा पुनः निर्माणका लागि धेरै ठूलो सहयोग गर्नुभएको थियो ।’

बौद्धगुरु रिन्पोछे २८ वर्षपछि नेपाल आउनुभएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);