काठमाडौं, २९ वैशाख । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशालाई केही लचिलो बनाउँदै बैंकदरलाई ८ दशमलव ५ प्रतिशतबाट घटाएर ७ दशमलव ५ प्रतिशत कायम गरेको छ ।
नीतिगत दर भने ७ प्रतिशत यथावत राखिएको छ । छिमिकी देशको नीतिगत दर र दुवै मुलुकबीच कायम रहेको मुद्रास्फीतिबीचको अन्तरले मध्यनजर गरी नीतिगत दरलाई ७ प्रतिशतमा यथावत राखेर बैंकदरलाई १ प्रतिशत बिन्दुले घटाएको हो ।
हेर्नुहोस् पुर्णपाठ