काठमाडौं, २७ वैशाख । सरकारमा सहभागी हुने कि नहुने विषयमा छलफल गर्न आज जनता समाजवादी पार्टी, नेपालले कन्द्रिय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बस्नेछ । आजको बैठकमा सरकारमा सहभागी हुने विषय र पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल हुने बताइएको छ ।