विरोधको विकल्प नभएपछि अमरेशकुमार अर्धनग्न भएकै हुन त, दोष कस्को ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

विरोधको विकल्प नभएपछि अमरेशकुमार अर्धनग्न भएकै हुन त, दोष कस्को ?

काठमाडौं, २५ वैशाख । संसद बैठक चलिरहेको बेला स्वतन्त्र सांसद अमरेस कुमार सिंहले बोल्न नपाएपछि अर्धनग्न हुन पुुगेको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद सिंहले आकस्मिक समय मागेका थिए । सभामुख देवराज घिमिरेले उनलाई समय दिन सकेनन र उनी थप आक्रोसित भए । अनि आफुले लगाएको कपडा एकएक फुकाल्न थाले ।

उनले सो काम बाहेक आफूसँग कुनै पनि विकल्प नभएको बताउँछन् । संसद भवनमै त्यस्तो हर्कत गर्दा एकरति पनि पछुतो छैन् उनलाई । सिंहका अनुसार पटकपटक बोल्ने समय माग गर्दा नदिएपछि सर्ट र गञ्जी खोलेर सभामुखको विरोध जनाएका हुन् ।

सभामुख देवराजले बैठकमा अर्धनग्न भएपछि संसदीय मर्यादाको ख्याल गर्न समेत आग्रह गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);