प्रि–बजेट माथि छलफल सुरु (लाइभ) | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

प्रि–बजेट माथि छलफल सुरु (लाइभ)

काठमाडौं, २५ वैशाख । प्रतिनिधि सभाको बैठक जारी छ । संसदमा आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता प्रि–बजेट माथि छलफल सुरु भएको हो ।

 

आज बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठकमा प्रि–बजेट माथि छलफल सुरु भएको हो । २७ गतेसम्म प्रि–बजेट छलफल हुने संसद सचिवालयले जनाएको छ । बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रि–बजेटमाथि छलफल गर्ने र २७ गते अर्थमन्त्री डा. महतले जवाफ दिने कार्यक्रम तय भएको छ ।

प्रतिनिधि सभाको बर्खे अधिवेशन अर्थात् बजेट अधिवेशन सुरु भएको पहिलो दिन आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सुरु भएको हो । संसदमा बजेट प्रस्तुत गर्नुभन्दा १५ दिन अगावै प्रि–बजेट छलफल समाप्त गरिसक्नुपर्छ ।

जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यता छ । अर्कोतर्फ नेकपा एमालेले २८ गतेदेखि केन्द्रीय समिति बैठक आह्वान गरेकाले पनि यही वैशाख २७ गते नै प्रि–बजेट छलफल सक्ने कार्यतालिका बनाइएको छ । प्रि–बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नका जवाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउने छ । त्यसपछि जेठ १५ गते बजेट प्रस्तुत हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);