गगन थापाद्वारा काँग्रेसबाट विद्रोहको तयारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

गगन थापाद्वारा काँग्रेसबाट विद्रोहको तयारी

काठमाडौं, २५ वैशाख । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीबाट विद्रोहको भित्री तयारी थालेका छन् । उनले काँग्रेसभित्र आफूलाई पेल्ने गतिविधि भएको भन्दै विद्रोहको तयारी थालेका हुन् ।

विश्वस्त स्रोतका अनुसार गगनले आफ्नो अलग्गै गुटलाई अझ मजबुत बनाउँदै लाने रणनीति बनाएका छन् । आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवार बन्ने गरी तयारी गर्ने नभए काँग्रेस नै परित्याग गरी छुट्टै शक्ति बनाउने उनको तयारी भएको हो ।

पछिल्लो समय काँग्रेस कमजोर हुँदै गएको विश्लेषण भइरहेको छ । काँग्रेसको क्रेज घट्दै जाँदा अन्य शक्ति बलियो बन्दै गएका छन् । गगन थापाले अलग्गै शक्ति बनाएर जाने सम्मको तयारी यसकारण पनि गरेका हुन् ।

पार्टीको केन्द्र कमिटी मनोनयन, मन्त्री बनाउने देखि महत्वपूर्ण कदमहरुमा थापालाई वाइपास गरिएको छ । यतिसम्मकी उनी पक्षधर डा. शेखर कोइरालाले समेत बेवास्ता गरेका छन् ।

यसलाई लिएर गगन थापाले अति भएको भन्दै कडा चेतावनी दिएका छन् । थापालाई नयाँ बनेका शक्तिहरुमा महत्वपूर्ण अफर आइरहेको छ । उनलाई विगतमा काँग्रेस छाडेर नयाँ बन्दै गरेको समूहको नेतृत्व लिने समेत भनिएको थियो । तर, थापाले काँग्रेस छाड्न अस्वीकार गरेका थिए । अब भने उनी विकल्प तयार गर्नेतर्फ लागेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);