काठमाडौं, १७ वैशाख । नवप्रवर्तन र आविष्कारलगायतका विभिन्न माग राखेर माइतीघरमा धर्ना बसेका महावीर पुनसँग सरकारले वार्ता थालनी गरेको छ ।
सिंहदरबारस्थित रक्षा मन्त्रालयमा जारी वार्ता टोलीमा सरकारको तर्फबाट उपप्रधान तथा रक्षामन्त्री पूर्ण खड्का रहेका छन् ।
पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारलगायतका माग राखेर शुक्रबारदेखि पुनले माइतीघरमा धर्ना सुरु गरेका थिए । धर्नामा विभिन्न दलहरु पनि सहभागी भएका छन् ।