काठमाडौं, १७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पूर्वगृहमन्त्री रवि लामिछानेलाई बधाई दिएका छन् ।
गत वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा चितवन–२ बाट निर्वाचित प्रनिनिधि सभा सदस्य लामिछानेलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा दाहालले खाँदा लगाइदिएर बधाई दिएका हुन् ।
भोलि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक भोलि बस्दैछ ।
बैठकको पूर्वसन्ध्यामा लामिछाने दाहाललाई भेट्न बालुवाटार पुगेका थिए । रास्वपाको केन्द्रीय बैठक अघि २ नेताबीच भएको भेटवार्ता निकै महत्वपुर्ण भएको बुझिएको छ ।