काठमाडौं, १५ वैशाख । आज संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको पनि बैठक बस्दैछ । बैठक अपरान्ह ४ बजे बोलाइएको छ ।
आजको राष्ट्रिय सभाको बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर र संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रश्ताव सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।