काठमाडौं, १५ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले फरार सांसद लक्ष्मी महतो कोइरीलाई उद्योग समितिमा सिफारिस गरेको छ ।
संघीय संसदका फरार सांसद कोइरीलाई एमालेले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिफारिस गरेको हो । पार्टीले गरेको सिफारिस अनुसार प्रतिनिधि सभाको बैठकले उनको नाम अनुमोदन गर्नेछ ।
कोइरी मधेस आन्दोलन २ को क्रममा महोत्तरीमा कार्यरत असई थमन बिकको हत्यामा सम्लग्न भएको आरोपमा सजाय सुनाएपछि फरार छन् ।
पछिल्लो समय कोइरीले पत्र लेखेर बैठकमा उपस्थित हुन नसकेको जानकारी गराउँदै आएका छन् । बिना सूचना १० पटकसम्म लगातार बैठकमा अनुपस्थित भए स्वत सांसद पद खारेज हुन्छ ।