काठमाडौं । आज १७ औँ लोकतन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम वि.सं. २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गर्नुभएको थियो ।
जनताको विजय भएको खुशीयालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।