काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले एउटा मात्रै समुदायले देश चलाउन खोजेको भन्दै देश दुर्घटनातर्फ जाने खतरा रहेको बताउनुभएको छ ।
बुधवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद सिंहले देश एउटै समुदायले चलाउन खोजे देश दुर्घटनामा जाने बताउनुभएको हो । उहाँले देश दुर्घटनामा जानुमा चार÷पाँच जना पूर्वप्रधानमन्त्री र प्रधानमन्त्री जिम्मेवार हुने बताउनु भयो ।
उहाँले देशलाई भागबन्डाका कारण विगत ३० वर्षमा अगाडी बढाउनुको सट्टा पछाडी धकेलिएको बताउनु भयो । उहाँले हालसम्मका सत्ताले जानि जानि नागरिकता विधेयक पारित नगरेको पनि बताउनु भयो ।
उहाँले नागरिकताको सवाल कुनै पूर्वप्रधानमन्त्री र प्रधानमन्त्रीको छोराछोरीको भएको भए अहिलेसम्म नागरिकता विधेयक पास भइसक्ने टिप्पणी गर्नुभयो ।