प्रधानमन्त्रीले गरे काठमाडौं–तराई मधेस द्रुतमार्गको अवलोकन | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

प्रधानमन्त्रीले गरे काठमाडौं–तराई मधेस द्रुतमार्गको अवलोकन

काठमाडौं, ५ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माणाधीन काठमाडौं—तराई मधेश द्रुर्तमार्गको अवलोकन गर्नुभएको छ । मंगलवार प्रधानमन्त्री दाहालसहित उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर
खड्कासहितिको टिमले राष्ट्रिय गौरवको सो परियोजनाको अवलोकन एवं निरीक्षण गर्नुभएको हो ।

निरीक्षणका क्रममा प्रधानमन्त्री दाहालले द्रुतमार्गको हालसम्मको उपलब्धिबारे जानकारी लिनुभएको थियो । प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, भौतिक पूर्वाधार तथा
यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला, अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्यसचिव शंकरदास बैरागी, नेपाल सरकारका सचिव र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालगायतको सहभागिता रहेको थियो । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको यो आयोजना काठमाडौँलाई तराई मधेससँग जोड्ने सबैभन्दा छोटो दूरीको आयोजनाका रुपमा लिइन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);