काठमाडौं, ४ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एउटै सवारी चढेर बालकोट पुगेका छन् ।
ज्वरो आएर आराम गरिरहेका ओलीलाई भेट्न दुई शीर्ष नेता आज बिहान बालकोट पुगेका हुन् ।
तीन शीर्ष नेताहरुबीचको भेटमा संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकबारे शीर्ष तहमा छलफल गर्ने र सो विधेयक संसदमा अघि बढाउनेबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।