काठमाडौं, २३ फागुन । माओवादी द्धन्द्धकालमा मारिएका व्यक्तिका आफन्तले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध आज मुद्दा दर्ता गरेका छन् । जनयुद्धमा मारिएका परिवार २८ जनाले आज सर्वोच्च अदालतमा संयुक्त रुपमा मुद्दा दर्ता गराएका हुन् ।
यसअघि सर्वोच्च अदालत प्रसाशनले यसअघि सो रिट दरपिठ गरेको थियो । दरपिठ नगर्न आदेश दिएसँगै निवेदकहरुले रिट दर्ता गर्न पाएका हुन् । १ माघ २०७६ मा टुँडिखेलमा भएको एक कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा लिने बताएका थिए । सोही अभिव्यक्तिलाई लिएर प्रचण्डमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्दै कानुन व्यवसायी रिट लिएर अदालत गएका थिए ।