१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

भक्तपुर । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका–५ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली बस्ने २३ वर्षीय जय थापा भन्ने श्री थापालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई थापाले आफ्नै कोठामा फागुन ७ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई मध्यपुर ठिमी नगरपालिका–६ पुरानो ठिमिबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);