‘कमरेड प्रचण्डले प्रेसर खेप्ने आँट गर्नु भएन’–भगवती न्यौपाने | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८१, बुधवार

‘कमरेड प्रचण्डले प्रेसर खेप्ने आँट गर्नु भएन’–भगवती न्यौपाने

काठमाडौं, १४ फागुन । राष्ट्रियसभा सदस्य एवं नेकपा एमालेकी नेतृ भगवती न्यौपानेले राष्ट्रपतिका लागि नवगठित आठ दलिय गठबन्धनप्रति असन्तृष्टि जनाउनु भएको छ । देश  बर्बादको बाटोतीर गएको भन्दै  अब नेपाली जनता आफै सचेत हुनुपर्ने उहाँको भनाइ छ ।

‘अर्थमन्त्री बिष्णु पौडेल हुँदा अर्थतन्त्रमा केहि सकारात्मक सुचक देखिएका थिए’ उहाँले लेख्नुभएको छ,‘अब सबै बर्बाद गर्न खोजिदै छ, यी सबै बर्बादीबाट मुक्ति पाउने अरु कुनै उपाय छैन, एउटा मात्रै उपाय हो देश बर्बाद गर्नेहरूलाई नेपाली जनता सचेत हुने र कमजोर बनाइदिने ।’ केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको काम हेर्न नसक्ने र नेपालको अर्थतन्त्र टाट पल्टिएको हेर्न चाहनेहरुबीच गठबन्धन भएको उहाँको आरोप छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘यथार्थ एउटा बहाना अर्को…
प्रचण्ड प्रधानमन्त्री जसरी बन्नुभयो त्यसबारे अन्तराष्ट्रिय शक्तिकेन्द्रलाई पत्तै भएन र अनुमान समेत पनि भएन । प्रधानमन्त्री बन्न साथ वहाँले धम्की खेप्न सक्नुभएन । २ महिनामा कुन कुन देशबाट कति प्रतिनिधि नेपाल आए र के के भने त्यो लुकाउन सक्ने कुरै भएन । देश बनाउने हुटहुटी भएका र राष्ट्रवादका पक्षमा उभिनेहरू जो सुकै हुन उनिहरु शक्ति केन्द्रका लागि दुश्मन हुन । नेपालमा भद्रगोल र अस्थिरता सृजना गर्ने उनिहरुको रणनीतिक योजना हो । कमरेड प्रचण्डलाई एउटै मुद्दाले गलाउँछ त्यो के हो सबैलाइ थाह नै छ ।’

न्यौपानेले अगाडी लेख्नुहुन्छ ,‘नागरिकता विधेयक ६ महिनाभित्र ल्याउने र सबै नेपालीले नागरिकता प्राप्त गर्ने, नेपालीका सन्त्तान अनागरिक हुन नपरोस् भन्ने उद्देश्यका साथ सत्ता साझेदार दलहरुको बीचमा सहमति भइ साझा न्युनतम कार्यक्रममा समेटिएको थियो । तर उनिहरु राष्ट्रघाती प्रावधान सहित नागरिकता विधय्क पारित गराउन चाहन्छन , एसपीपी फरक नाम दिएर पारित गराउन चाहन्छन ।’ केपी ओली नेतृत्वको सरकारले गरेको काम जस्तो होईन अघिल्लो पाँच दलिय गठबन्धनको सरकारले गरेको जस्तो लुट र नेपालको अर्थतन्त्र टाट पल्टिएको हेर्न चाहन्छन ।’

प्रधानमन्त्री दाहालले प्रेसर खेप्ने आँट नगरेको टिप्पणी समेत न्यौपानेले गर्नुभएको छ । ‘तत्कालै फरक कोर्समा जाँदा उहाँमा लाग्ने अस्थिर चरित्र भएका नेताको आरोप अझै बलशाली हुने भयो भन्ने ठानेर हुनै नसक्ने राष्ट्रिय सहमतिको नारा फलाक्नु भयो । कमरेड बिष्णु पौडेल अर्थमन्त्री भएपछि अर्थतन्त्रमा केहि सकारात्मक सुचक देखिएका थिए । अब सबै बर्बाद गर्न खोजिदै छ, यी सबै बर्बादीबाट मुक्ति पाउने अरु कुनै उपाय छैन, एउटा मात्रै उपाय हो देश बर्बाद गर्नेहरूलाई नेपाली जनता सचेत हुने र कमजोर बनाइदिने ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);