काठमाडौं । सुदुरपश्चिममा बुधबार पुनः भुकम्प गएको छ ।
बुधबार दिउँसो १ः ४५ बजे बाजुराको पाडी केन्द्र बिन्दु बनाई ५ दशमलव २ म्याग्नाचुटको भुकम्प गएको भुकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
गत माघ १० गते हिमाली गाउँपालिकाको बिच्छ्या केन्द्रबिन्दु भएर ५ दशमलव ९ म्याग्नाचुटको भुकम्प गएको थियो ।
भुकम्पका कारण २ वटा स्वास्थ्य चौकी भवन र एक बिध्यालय भवनमा क्षेती पुगेको स्थानीय लक्ष्मीप्रसाद न्यौपानेले जानकारी दिए ।