दर्शकको उल्लासपूर्ण साथले खेलाडीले पसिना बगाएर श्रृंखलालाई यादगार बनाएः मुख्य प्रशिक्षक देशाई | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

दर्शकको उल्लासपूर्ण साथले खेलाडीले पसिना बगाएर श्रृंखलालाई यादगार बनाएः मुख्य प्रशिक्षक देशाई

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले दर्शकको उल्लासपूर्ण साथले खेलाडीले घरेलु मैदानमा पसिना बगाएर श्रृंखलालाई यादगार बनाएको बताउनुभएको छ ।

श्रृंखलाको अन्तिम खेलमा सफलता निकालेपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक मोन्टी देशाईले खेलाडीलाई दिएको जिम्मेवारी सहि तरिकाले प्रयोग गर्दा सफलता मिलेको बताउनु भयो । घरेलु दर्शकको उल्लासपूर्ण साथले खेलाडीले घरेलु मैदानमा पसिना बगाएर यादगार श्रृंखला बनाउँदा आफु पनि खुशी भएको प्रतिक्रिया दिए । प्रशिक्षकको रुपमा नियुक्त भएपछि आपूmले खेलाडीमा सम्भावना देखेको र उनीहरुको खुबीलाई निखार्ने प्रयास गर्दा मिलेको सफलतामा आफु खुशी भएको बताउनु भयो । उहाँले नेपाली खेलाडी पनि प्रतिष्पर्धात्मक खेल खेल्न सक्छन् भन्ने विश्वास भएको बताउनु भयो ।

मंगलवार सम्पन्न श्रृंखलाको अन्तिम खेलमा कप्तान पौडेल र करण केसीले ७५ रनको साझेदारी गरेपछि नेपालले विश्वकप क्रिकेट लिग–२ को च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित निकालेको हो ।

अब नेपाल लिग–२ श्रृंखला अन्र्तगतको खेलका लागि नेपाल युएई भ्रमण गर्ने तालिका छ । भ्रमणमा नेपालले युएई र पपुवा न्युगिनीसँग श्रृंखला खेल्ने तालिका छ । लिग–२ मा नेपाल २८ खेलबाट १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । बाँकी रहेको ८ खेलमा कम्तिमा ६ खेल जितेमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);