काठमाडौं, ५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज राष्ट्रिय जनमोर्चाले ज्ञापनपत्र बुझाउने भएको छ ।
पार्टीका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ । ज्ञापनपत्रमा गणतन्त्र, राष्ट्रियता र जनजीविकाा विषयलाई समेटिएको छ ।
केसीसहित उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, कोषाध्यक्ष मधुकुमार क्षेत्री तथा केन्द्रीय सदस्य घनश्याम न्यौपानेको टोली बालुवाटार जादैछ ।