न्यु डायमण्ड कप यु–१८ प्रतियोगितामा १० देखि १२ टोली सहभागि हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

न्यु डायमण्ड कप यु–१८ प्रतियोगितामा १० देखि १२ टोली सहभागि हुने

काठमाडौं । फागुन दोस्रो साताबाट आयोजना हुने वागमती प्रदेश न्यु डायमण्ड कप यु–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपमा १० देखि १२ टोलीले सहभागिता जनाउने भएका छन् ।

आयोजक न्यु डायमण्ड युथ स्पोर्टस क्लवले बिहीवार पत्रकार सम्मेलनको आयोजना गरेर फागुन दोस्रो हप्ता आयोजना प्रतियोगितामा १० देखि १२ टोलीले सहभागिता जनाउने जानकारी दिएको हो । फागुन ९ देखि १३ गतेसम्म आयोजना प्रतियोगिता लिग कम नकआउट प्रणालिमा हुनेछ ।

खेल बेस्ट अफ फाइभको आधारमा सञ्चालन गरिने क्लबका अध्यक्ष कुमार राईले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागि हुने टोलीको टुङ्गो शुक्रवार लाग्ने अध्यक्ष कुमार राईले बताउनु भयो ।

नेपाल भलिबल संघको प्राविधिक सहयोग र प्रदेश खेलकुद विकास परिषद् वागमती प्रदेशको आर्थिक सहयोगमा आयोजना हुन लागेको प्रतियोगिता क्लवले बनाएको आफ्नै खेल मैदानमा गर्नेछ ।

उमेर समूहका खेलाडीलाई टेवा पु¥याउने उद्देश्यका साथ आयोजना गर्न लागिएको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेता २ लाख ५० हजार र तेस्रोले १ लाख तथा सान्त्वना पुरस्कार विजेताले ५० हजार पाउने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार पुरस्कार प्राप्त गर्नेछ भने विधागत उत्कृष्टले १० हजार र उदियमान खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ । विधागत उत्कृष्टमा स्पाइकर, सेटर, सर्भर, ब्लकर, डिफेन्डर र प्रशिक्षक समेटिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);