आइजिपिका दाबेदार अशोक सिंहविरुद्ध नक्कली प्रमाणपत्रले जागिर खाएको आरोप | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

आइजिपिका दाबेदार अशोक सिंहविरुद्ध नक्कली प्रमाणपत्रले जागिर खाएको आरोप

काठमाडौं । अहिले प्रहरीमा एआइजी बन्ने दौड चलिरहेको छ । डिआइजीहरु एआइजी बन्न नेताहरुको दैलो चाहर्न थालिसकेका छन् । डिआइजीहरु एआइजी हुँदै आइजिपिको लाइन बाजी मार्न अहिलेदेखिनै आतुर छन् ।

यसको दौडमा छन् नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक अशोक सिंह । यहि समयमा उनीविरुद्ध गम्भिर आरोप लागेको छ । आरोप मात्र होइन् उनी माथि छानबीन गरि तत्काल कारबाहि गर्न समेत माग गरिएको छ । सिंहविरुद्ध नक्कली प्रमाणपत्र पेश गरि जागीर आएको भन्दै उजुरी परेको हो ।

आइजिपिका दाबोदार सिंहविरुद्ध विश्वप्रकाश भेटवालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

सिंहले आफ्नो योग्यता हुँदै नभएको योग्यता देखाइ, नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रको आधारमा २८ बर्षसम्म जागीर खाएको, नागरिकतामा उमेर सच्याइ जागीर खाएको आरोप लगाउँदै तत्काल छानबिन गरि हदैसम्मको कारबाही गर्न माग गरिएको छ ।

यस्तो छ उजुरी

१) मिति २०५१/१२/०५ मा नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा नियुक्ति लिएका हाल सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीमा प्रहरी नायब महानिरीक्षक (DIGP) पदमा कार्यरत श्री अशोक सिंहले किर्ते गरि सरकारी निकायलाई भ्रममा पारेर नेपाली नागरिकताको प्रमाणपत्रमा वास्तविक उमेर भन्दा कम उमेर देखाएर जागीर खाइरहेका छन्। प्रहरीमा जागीर खानकै लागि पहिले जारी नागरिकतामा उमेर सच्याएर गैरकानुनी तरिकाले नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा नियुक्ति लिएका थिए। सो बिषय अशोक सिंहले गत बर्ष सामाजिक संजाल फेसबुकमा हालका गृहसचिव बिनोदप्रकाश सिंहलाई सचिब पदमा बढुवा भएकोमा मेरो प्रिय भाइ बिनोद सिंहलाई बधाई भन्दै लेखेका थिए। आगामी बर्ष ५८ बर्षे उमेरहदले अनिवार्य अवकाश पाउने गृह मन्त्रालयका सचिब बिनोद प्रकाश सिंह (हाल ५७ बर्ष) लाई भाइ भनेर सम्बोधन गर्ने DIGP अशोक सिंहको हालको उमेर ५७ बर्षभन्दा बढी हुनुपर्ने हो। सोहि हिसाबले म्क्ष्न्ए सिंहले प्रहरी नियमावली अनुसार DIGP को ५६ बर्षे उमेरहदको कारण स्वत अवकास पाउनुपर्दछ। तसर्थ निजको शुरु नागरिकता जारी भएको जिल्लादेखि सम्पुर्ण रेकर्ड मगाइ गम्भीरतापूर्वक छानबिन गर्र्न जरुरी देखिन्छ।

२) DIGP अशोक सिंहले प्रहरी निरीक्षकको नियुक्ति लिदा पेश गरेको आईए को शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली हो। भारतको लखनउमा उनले कलेज पढ्दै नपढी आईए को नक्कली शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेका थिए। त्यस्तै उनले पेश गरेको स्नातकको शैक्षिक योग्यताको प्रमाणपत्र पनि भारतीय नै हो जुन अहिलेसम्म नेपालमा भत्रगष्खबभिलत गरिएको छैन। सो सम्बन्धि सम्पुर्ण कागजात प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा र सम्बन्धित कलेजवाट झिकाइ, भिडाइ छानबिन गर्नुपर्दछ।

३) DIGP अशोक सिंहको वास्तविक नाम अशोक सिंह बोगटी हो। तर प्रहरी प्रधान कार्यालयको तिनपुस्ते रेकर्डमा अशोक सिंह मात्र देखिन्छ। राष्ट्रसेवक कर्मचारी त्यसमा पनि कानुन कार्यान्वयन गराउने निकायको जिम्मेवार पदमा रहेको कर्मचारीले नागरिकता सच्च्याएर आफ्नो वास्तविक थर नै हटाउने काम गर्नु आफैमा दुर्भाग्यपूर्ण अवस्था हो।

३) निज DIGP अशोक सिंहले आफ्नो भाइ नाता पर्ने गृहसचिव बिनोद प्रकाश सिंहलाई प्रयोग गरेर AIGP मा बढुवाको लागि अस्वाभाविक चलखेल गरिरहेको छन्। तर उनलाई बढुवा गर्न भने कानुनी झमेला देखिएको छ । लोकसेवा आयोग नियमावली, २०७९ मा बढुवा गर्न लागेको पदमा समितिका अध्यक्ष वा सदस्यको नजिकको नातेदार भएमा त्यसमा सहभागी हुन पाइँदैन। लोकसेवा आयोग नियमावलीको बढुवा सम्बन्धी परिच्छेद ११ को दफा ७१ मा स्पष्ट रुपमा उल्लेख छ–‘प्रश्नपत्र निर्माण, प्रश्नपत्र परिमार्जन, उत्तरपुस्तिका परीक्षण, परीक्षा सञ्चालन र अन्तर्वार्ता सम्बन्धी कामसँग संलग्न आयोगका कुनै पदाधिकारी वा कर्मचारीको नजिकको नातेदार आयोगद्वारा सञ्चालन हुने कुनै परीक्षामा उम्मेदवार भएमा सम्बन्धित पदाधिकारी वा कर्मचारीले केन्द्रीय कार्यालयको हकमा आयोगलाई र मातहत कार्यालयको हकमा सम्बन्धित कार्यालय प्रमुखलाई जानकारी दिनु पर्नेछ।’ नेपाल प्रहरीका एआइजीपीको बढुवा कार्यसम्पादन मूल्यांकनद्वारा हुन्छ। बढुवा समितिको अध्यक्ष नै गृहमन्त्रालयका सचिव हुने ब्यवस्था छ । गृहसचिव विनोदप्रकाश सिंहले आफै अध्यक्ष रहेको समितिले आफ्नै दाइ नाता पर्ने अशोक सिंहलाई एआइजी बढुवा गर्न आफै लागीपरेका छन् जुन सरासर Conflict of interest  हो।

माथी उल्लेखित बिषयमा यथासिघ्र छानबिन गरि हदैसम्मको कारबाही गरियोस् भन्दै माननीय प्रमुख आयुक्तज्यु समक्ष सादर अनुरोध गर्दछु।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);