बीबीसीले कर्मचारीलाई भन्यो –प्रत्येक प्रश्नको इमानदारीपूर्वक जवाफ दिनुहोस् | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

बीबीसीले कर्मचारीलाई भन्यो –प्रत्येक प्रश्नको इमानदारीपूर्वक जवाफ दिनुहोस्

एजेन्सी । ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को दिल्ली र मुम्बई कार्यालयमा आयकर विभाग (आईटी) टोलीले गरेको सर्वेक्षण दोस्रो दिन पनि जारी छ। स्रोतका अनुसार आईटी अधिकारीहरूले २०१२ देखि हालसम्मका खाताहरूको विवरण पत्ता लगाउँदैछन्। आईटी अधिकारीहरूले अर्थ विभागका कर्मचारीका मोबाइल, ल्यापटप–डेस्कटप बरामद गरेका छन् । सर्वेक्षणका क्रममा आईटी अधिकारी र बीबीसी इन्डियाका सम्पादकहरूबीच बहस पनि भएको छ ।

बीबीसीले आफ्ना कर्मचारीहरूलाई मेल गरेर सहयोग गर्न आग्रह गरेको छ। हरेक प्रश्नको जवाफ इमानदारीपूर्वक दिनु पर्ने भनिएको थियो । आयकर विभागका अधिकारीहरूले बीबीसीलाई अन्तर्राष्ट्रिय करमा अनियमितता भएको आरोप लगाएका छन्। धेरै घण्टादेखि अधिकारीहरूले ल्यापटप र कागजातहरू छानबिन गरिरहेका छन्।

स्रोतका अनुसार बीबीसी व्यवस्थापनले बुधबार बिहान कर्मचारीहरूलाई पत्राचार गरेको छ। यसमा कर्मचारीलाई हरेक प्रश्नको इमानदारीपूर्वक जवाफ दिन निर्देशन दिइएको छ । बीबीसीले कर्मचारीलाई आयकर विभागका कर्मचारीले तपाईलाई भेट्न चाहेमा भेट्नुपर्ने बताएको छ । बीबीसीले भारतमा काम गर्ने कर्मचारीहरूलाई मद्दत गर्न एक हेल्पलाइन पनि सक्रिय गरेको छ ।

मेलमा बीबीसीको संस्थागत संरचना, गतिविधि, संस्था र भारतमा हुने कामका बारेमा सोधिने प्रश्न छानबिनको दायरामा आउने र त्यस्ता प्रश्न सोध्न सकिने उल्लेख छ । उनीहरुको जवाफ दिनुपर्छ ।
कर्मचारीहरूलाई व्यक्तिगत आय र आयकरबारे प्रश्नहरू सर्वेक्षणको दायरा बाहिर छन् भने कर्मचारीहरुलाई जवाफ दिन अस्वीकार गर्न सक्ने पनि बताएको छ । आफ्नो कम्प्युटर प्रणालीबाट कुनै पनि जानकारी नमेट्न पनि निर्देशन दिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);