काठमाडौं । नेपाल प्रहरीले लागुऔषध कारोबारमा संलग्न ६ जना विदेशी नागरिकसहित १३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
लागुऔषध कारोबारमा संलग्नमध्ये ४ जना थाई नागरिक, २ जना भारतीय र ७ जना नेपाली गरी कुल १३ जनालाई विभिन्न मितिमा पक्राउ गरी सार्वजनिक गरेको हो ।
प्रहरीले पक्राउ परेकाहरुको साथबाट ब्रुपेनोर्फिन, डाइजेपाम र फेनारगन, चरेस, खैरो हेराइन लगायतका लागु औषध बरामद गरेको छ । ति लागु औषधको बजार मूल्य ५० लाखभन्दा बढी रहेको प्रहरीले जनाएको छ ।