लेखा प्रणालीलाई विश्वका उत्कष्ट मुलुकसँग प्रतिष्पर्धी बनाउन आवश्यकः अर्थमन्त्री पौडेल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

लेखा प्रणालीलाई विश्वका उत्कष्ट मुलुकसँग प्रतिष्पर्धी बनाउन आवश्यकः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको लेखा प्रणालीलाई विश्वका उत्कष्ट मुलुकसँग प्रतिष्पर्धी बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाको २६ औं वार्षिकोत्सव कार्यक्रम बोल्दै मन्त्री पौडेलले मुलुकको लेखा प्रणालीलाई विश्वका उत्कष्ट मुलुकसँग प्रतिष्पर्धी बनाउन आवश्यक रहेको बताउनु भएको हो । उहाँले मुलुकको लेखा प्रणालीलाई पारदर्शी बनाएर विश्वमा विश्वसनियता बढाउन पनि जरुरी रहेको बताउनु भयो ।

मन्त्री पौडेलले मुलुकको लेखा प्रणालीलाई पारदर्शी बनाएर विश्वमा विश्वनीयता बढाउन चार्टर्ड एकाउण्टेन्ट्सहरुको महत्वपूर्णं भुमिका रहने बताउनु भयो । उहाँले चार्टर्ड एकाउण्टेन्ट्सहरु निजी,सार्वजनिक र सरकारी विभिन्न निकायहरुसँग काम गर्ने भएकाले एकाउण्टेन्ट्सहरुले गर्ने निर्णयले मुलुकको लेखा प्रणाली र लेखा प्रणालीको पारदर्शी र विश्वनीसयताका विषयमा उजागर गराउने बताउनु भयो ।

उहाँले हिसावकिताव पारदर्शीता नभएर दुनियाँमा कसैले नमान्ने भएको भन्दै काम राम्रो गर्ने हिसावकिताव पनि पारदर्शिता राख्ने सरकारको अपेक्षा रहेको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);