काठमाडौं, ५ माघ । चोभारको पुलबाट बागमती नदीमा कार खस्दा सोमबार साझ बेपत्ता भएका पुरूषको शव भेटिएको छ। कार दुर्घटनास्थल भन्दा करिब सय मिटर तल पुरूषको शव फेला परेको ललितपुर प्रहरीले जनाएको छ । प्रहरीले अहिले शवलाई पानीबाट निकालेर मुचुल्का उठाउने काम गरिरहेको छ।
बागमती किनारमा बा ५ च ५६५४ नम्बरको कार खसेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । सो कार खोकना फास्ट ट्र्याक तर्फबाट मुख्य सडकमा निस्किने क्रममा पुलमाथिबाट बागमती नदी किनारमा खसेको हो ।
कारमा चाल्नाखेलका स्थानीिय राजकुमार खत्री र उनकी श्रीमती अम्बिका लामिछाने खत्री सवार रहेको प्रहरीले जनाएको छ । स्थानीयले दुर्घटना भएपछि कारमा रहेकी अम्बिकाको उद्धार गरी बल्खुस्थित बयोधा अस्पताल पु¥याएको थियो।