पदभार ग्रहण गर्दै शिक्षामन्त्री खनालले भने– मुलुकको शैक्षिक गुणस्तर सुधारका पक्षमा आवश्यक नीति ल्याउने छु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पदभार ग्रहण गर्दै शिक्षामन्त्री खनालले भने– मुलुकको शैक्षिक गुणस्तर सुधारका पक्षमा आवश्यक नीति ल्याउने छु

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले मुलुकको शैक्षिक गुणस्तर सुधारका लागि चाहिने आवश्यक नीति तथा कार्यक्रम छिट्टै ल्याउने बताएका छन् ।

शिक्षा मन्त्रालयमा आज पदभार ग्रहणपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नवनियुक्त मन्त्री खनालले शिक्षा क्षेत्रमा यसअघि काम गरेको आफ्नो अनुभवसमेतका आधारमा मुलुकको शैक्षिक गुणस्तर सुधारका पक्षमा आवश्यक नीति तथा कार्यक्रम ल्याउने स्पष्ट पारेका हुन् ।

मन्त्री खनाल सङ्घीय शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन ल्याउन आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

शिक्षामन्त्री खनालले विद्यालयमा शिक्षकको दरबन्दी समायोजनसहित समयमा नै आवश्यक पाठ्यपुस्तक व्यवस्था गर्ने समेत बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);