पोखरा विमान दुर्घटनाको छानविन गर्न आयोग गठन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

पोखरा विमान दुर्घटनाको छानविन गर्न आयोग गठन

काठमाडौं, १ माघ । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानविन गर्न सरकारले आयोग गठनको निर्णय गरेको छ । आकस्मिक रुपमा आइतबार बसेको बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन गरेको हो। आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्न समयसीमा तोकिएको छ।
काठमाडौंबाट चालकदलका ४ सदस्य र ६८ यात्रु गरी कुल ७२ सवारएएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आकस्मिक बैठकले घटनाप्रति गहिरो दुख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको उल्लेख छ।

बैठकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्दार कार्यलाई प्रभावकारी बनाउन सरकारका सबै संयन्त्रहरूलाई निर्देशित गरेको छ। बैठकले माघ २ गते सोमबारलाई राष्ट्रिय शोकका रूपमा सार्वजनिक विदा दिने निर्णय पनि गरेको सरकारका प्रवक्ता उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभएको छ।

बैठकले घटनाबारे मृतकका आफन्तहरूलाई सही सूचना दिन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय गरेको छ। पार्थीव शरीर बुझ्न र लैजान सरकारको तर्फबाट सहयोग र सहजीकरण गर्ने निर्णय पनि गरेको जनाइएको छ। सबै हवाइजहाजहरूको प्राविधिक परीक्षण अनिवार्य गर्नसमेत बैठकले निर्देशन दिएको छ। त्यसको अनुगमनको जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणलाई तोकेकोसमेत जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);