लिङदेन र थापाले गरे चियापानको छट्टाछुुट्टै आयोजना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लिङदेन र थापाले गरे चियापानको छट्टाछुुट्टै आयोजना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले दिउँसो १ बजे भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गरेका हुन् ।

११ बजे भृकुटीमण्डपबाट र्याली निकाल्ने र सिंहदरबार अगाडीको पृथ्वीनारायण शाहको शालिकमा माल्यापर्ण गरेर पुनः भृकुटीमण्डपमा आई चियापान कार्यक्रम सुरु गर्ने राप्रपाले जनाएको छ ।

त्यस्तै, कमल थापा नेतृत्वको राप्रपा नेपालले पनि आज पृथ्वी जयन्तीको अवसरमा चियापानको आयोजना गरेको छ । नवदुर्गा पार्टी भेन्यु सुकेधारामा दिउँसो १ बजे चियापान कार्यक्रमको आयोजना गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);