काठमाडौं, २६ पौष । नेपाली काँग्रेसको कार्यसम्पादन समिति बैठकमा चर्काचर्की भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णयबारे छलफलमा सभापति शेरबहादुर देउवाइतर पक्षले चर्को विरोध गरेको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार देउवा पक्षले प्रचण्डसँग मिलेर जाने बिन्दु कायमै राख्न विश्वासको मत दिने विषय राखेपछि इतर पक्षले विरोध गरेको हो । महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माका अलावा
अर्जुननरसिंह केसी र बलबहादुर केसीले असहमति पेश गरे । थापा र शर्माले प्रचण्डले धोका दिएको भन्दै उनैलाई विश्वासको मत दिनु जायज नभएको विषय राखेका थिए ।
विश्वासको मत दिने या नदिने विषयमा काँग्रेस बैठकमा चर्काचर्की भएको छ । काँग्रेसले रणनीतिक रुपमा लिएको निर्णयले राजनीतिवृत्तमा तरंग आएको छ ।