काठमाडौं । मंसिर ४ गतेको निर्वाचनमा नेकपा (एमाले) परित्याग गरेर स्वतन्त्र चुनावमा होमिएका घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् ।
केही दिन भित्रै एकीकृत समाजवादीमा प्रवेश गर्न तयारीमा भुसाल रहेका छन् । निकट स्रोतका अनुसार भुसालले महासचिव मागेका छन् ।
उनले आफूसँगै आफ्ना कार्यकर्ताहरु पनि लैजाने पहल गरिरहेका छन् । भुसाल निकट विद्यार्थी संगठनहरु भने उनीसँगै एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् ।