अध्यक्ष ज्यूको प्रधानमन्त्रीसँगको भेट निजि हो, विश्वासको मत दिने निर्णय भएको छैन्ः जगन्नाथ खतिवडा | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८१, शनिबार

अध्यक्ष ज्यूको प्रधानमन्त्रीसँगको भेट निजि हो, विश्वासको मत दिने निर्णय भएको छैन्ः जगन्नाथ खतिवडा

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले सरकारलाई विश्वासको मत दिनेबारे पार्टीले कुनै निर्णय नगरेको बताएका छन् ।

पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि प्रवक्ता खतिवडाले सरकारले औपचारिक रुपमा समर्थन नमागेको स्पष्ट पार्दै यस्तो बताएका हुन् ।

पार्टी अध्यक्ष माधव कुमार नेपालको प्रधानमन्त्री पुस्पकमल दाहाल सँगको भेट नीजि रहेको बताए । ‘दुई अध्यक्षहरुको भेट नीजि हो। त्यसमा औपचारिक रुपमा जानकारी छैन। विश्वासको मतबारे २६ पुससम्म निर्णय गछौँ,’ उनले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);