काठमाडौं । सरकारमा सहभागिताबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)ले बैठक बोलाएको छ ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेको जसपाले आगामी पुस १८ र १९ गतेका लागि बैठक बोलाएको हो ।
बैठक अघि नै संसदीय दलको नेताको प्रक्रिया पनि टुंग्याउने छ । जसपाको १२ संघीय सांसद निर्वाचित भएका छन् ।