काठमाडौ, ८ पुस । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पार्टीलाई सशक्त बनाउनुपर्ने भन्दै दावाव अभियान सुरु गरेको छ ।
नेपाल विद्यार्थी संघका नेताहरुले शनिबार काठमाडौंमा भेला आयोजना गरी निर्वाचनबाट पराजित भएको पार्टीलाई नयाँ विन्दुबाट सुरु गर्नुपर्ने बताएका छन् । उनीहरुले निर्वाचनको समिक्षा गर्दै पार्टिलाई सशक्त बनाउन नेतृत्वलाई सचेत गराएका छन् ।
निर्वाचनबाट पराजित भएपछि कांग्रेसका सबै भातृ संगठनहरुले पार्टीलाई सशक्त बनाउनपर्ने भन्दै पार्टी नेतृत्वलाई दवाब दिँदै आएका छन् ।