काठमाडौं । प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण समारोहमा सहभागी नभएको महेन्द्रराय यादव नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा देखापरेका छन् ।
नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको र हितराज पाण्डेलाई प्रमुख सचेतक बनाउने निर्णयलाई अनुमोदन गर्न बसेको संसदीय दलको बैठकमा राय देखिएका हुन । सिंहदरबारस्थित संसदीय दल कार्यालयमा बसेको बैठकमा उनी सहभागी भएका हुन् ।
सर्लाही–२ मा लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोलाई हराउँदै प्रतिनिधिसभामा विजयी हुन् । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता भए पनि माओवादी केन्द्रको हसियाँ हथौडा चुनाव चिह्न लिएर विजयी भएका थिए ।
रायले शुक्रबार प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।