भारत-चीन सीमा विवादको अन्तरकथा | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

भारत-चीन सीमा विवादको अन्तरकथा

विपिन देवः भारत र चीनबीचको सीमा विवाद संसारकै सबैभन्दा ठूलो विवादमध्येको हो । सीमा विवादलाई निरूपण गर्न उच्च स्तरीय संयन्त्र समय समयमा सक्रियता देखाए तापनि सीमा द्वन्द्वको दुई देशहरूको कूटनीतिक सम्बन्ध प्रभावित रहि आएको छ । भर्खरै ९ डिसेम्बरमा भएको तवाङ्ग क्षेत्र (अरूणाचल प्रदेश) मा भारतीय र चीनिया सैनिक विचको झडपलाई संसारका सम्पूर्ण छापाखानाहरूले यो घटनालाई तरङ्गित गरेको देखिन्छ । भारत चीन विचको सम्बन्धलाई सुमधुर बनाउन इतिहासको उषा काल देखि नै प्रयास भएतापनि सायद इतिहासलाई यो मञ्जुर थिएन ।

जापानले चीन माथि आक्रामण गर्दा चीनिया नेतृत्व पक्तिले भारतीय काङ्ग्रेसलाई सहयोगको लागि अपिल गरेको थियो । महात्मा गान्धीको नेतृत्वमा भारतीय राष्ट्रिय काङ्ग्रेसले अङ्ग्रेज विरूद्ध स्वतन्त्रता संङ्ग्रामको लडाई गरिरहेको अवस्था थियो । नेहरूको अगुवाईमा चीनिया राष्ट्रवादी शक्तिहरूको सहयोगगार्थको रूपमा भारतले रसदपानीको लागि आर्थिक सहयोग गरेको थियो । चीनिया राष्ट्रवादीको नैतीक शक्ति र सर्मथन बढाउन भारतीय राष्ट्रिय काङ्ग्रेसले भारतमा जापानी सामान र सामग्रीलाई बहिष्कार गरेका थिए । भारतीय स्वतन्त्रता संग्राम एक महानायक पण्डित नेहरु चीनिया सभ्यता र संस्कृती प्रति सम्मोहित थिए । कालजायी पुस्तक “भारतको खोज”मा नेहरुले चीनिया संस्कृती, कम्फुयीसयस दर्शन र लाओत्सेको वारेमा वृहत चर्चा गरेका छन् । भारत स्वतन्त्रत हुन वित्तिकै नेहरुको अगुवाईमा एसियाली र अफ्रिकी राष्ट्रहरूबीच दिल्लीमा सम्मेलन भएको थियो । उक्त सम्मेलनमा नेहरूले चिनियाँ नेतृत्वलाई एसियाली र अफिक्री राष्ट्रहरूको ध्वनि र स्वरलाई नेतृत्व गर्न आग्रह गर्दै चीनको नेतृत्वलाई यथेष्ट स्थान दिएको थियो ।

अंसलग्न आन्दोलनमा समेत नेहरू र माओ विच दार्शनिक निकटता देखिन्छ । सन् १९५० तिब्वतमा चीनको अधिपत्य स्थापित भए पश्चात भारत-चीन भौगोलिक रूपमा जोडिएको देखिन्छ । सन् १९५६ मा दलाई लामा केहि दिनको लागि भारत जानु र सन् १९५९ मा दलाई लामा भारतमा शरण लिनु जस्ता घटनाले चीनको भारत प्रति आशंका बढेको देखिन्छ । साथ साथै चीन भारत विच संवाद संप्रेशनको कमिले गर्दा पनि जटिलता बढेको कुरा भारतका पूर्व राजदुत निरुपमा रावले  “फ्रायकर्चड हिमालय”मा स्वीकार गरेकी छिन् । साथ साथै तिब्वत चीनको अभिन्न अंग हो भने स्वीकार गर्नु भन्दा पहिले भारतले तिब्वतसंग जोडिएको सम्पूर्ण विवादलाई समाधान गर्न नसक्नु भारतको कमजोरी भएको निरुपमा रावको तर्क रहेको छ । अर्को तर्फ भारत चीन विच भएको मैममोहन सम्झौतालाई आधार मानि चीनले म्यानमारसंग सीमा विवाद समाधान गरेतापनि उक्त सम्झौता विट्रिश सम्राज्यवादको पहलमा भएको कुरा चीनको तर्क रहेको छ । अर्थात् भारतले मैममोहन सम्झौतालाई आधार मानेतापनि चीनलाई यो मान्य रहेको छैन । यसैको परिणाम स्वरुप भारत चीन विच सन् १९६२ मा युद्ध हुन गयो । सन् १९६२ पश्चात भारत र चीन सम्बन्ध संम्वादहिनताको छायसमा गयो ।

सत्तरीको दशकमा परराष्ट्र मन्त्रीको रूपमा अटल विहारी बाजपेयी र असीको दशकमा राजीब गान्धी प्रधानमन्त्रीको रूपमा भारत चीन सम्बन्धमा क्रमभंगताको युग सुरु भयो । असीको दशकमा चीनको नेतृत्वको चिन्तनको प्रारुपमा आमुल परिर्वतन आइ सकेको थियो । चीनिया राष्ट्रपति देङ चीनलाई विश्व बजारमा यथेष्ट ठाउ‘ दिलाउन जर्मको कसेका थिए । पश्चिमा पू‘जी र प्रविधिलाई प्रत्यारोपण गर्न देङ आतुर थिए । अर्थात् राजीव गान्धी र देङको विच एक समझदारी र संयन्त्र विकसित भयो । तदनुरुप चीन र भारतले वोर्डरको समस्यालाई थाती राख्दै हरेक स्तरमा चीन भारत विच सम्वन्ध बढाउन सम्झादारी भयो । तदनरुप विगत ३० वर्ष भन्दा बढि वोर्डर समस्यामा सामान्य तनाव वाहेक युद्धको वातावरण निर्माण भएन । भारत चीन विच १०० विलियन भन्दा बढि व्यापार वृद्धि भयो । चीनिया कम्पनीहरू भारतको महत्वपूर्ण निवेषर्कताको रुपमा ठाउ‘ पाए ।

तर वर्तमान अवस्था पृथक रहेको देखिन्छ । भारतका पूर्व राजदुत श्याम शरणले आप्mना पुस्तक “हाउ‘ चाइना सी द इण्डिया” मा भारत चीनको द्वन्दको वारेमा शरणले केहि अध्यारो कुनालाई आलेकित गरेका छन् । असीको दशकमा भारत र चीन विचको आर्थिक आकार लगभग एक नासको नै भएकोले गर्दा देङ्ग र राजीव गान्धी विच उक्त सम्mभौता भएको थियो । तर वर्तमान परिवेशमा चीनको आर्थिक आकार भारत भन्दा पॉच गुण बढेको र भारत भन्दा तीन गुणा सैन्य लगानी भएको कराण्ले उक्त सन्यन्त्र चाइनालाई मान्य नभएको उनको तर्क रहेको छ । यसैको परिणाम स्वरुप भारतले डोकलामदेखि ग्लवानसम्म र गलवानदेखि तवांगसम्म चिनिया सैनिकहरू भिड्नु परेको छ । भारत चीनको गतिरोधको बारेमा भारतका पूर्व राजदुत विजय गोखलेले तीनवटा पुस्तक र केहि उच्च कोटीको शोधपत्रहरू समेत सार्वजनिक गरेका छन् । “थिनामेन यस्कारवायर” “लौंग गेम” र आप्mटर थिनामेन” नामक पुस्तकहरू चिनियाँ महत्वाकांक्षा चीन अमेरिका द्वन्द र चीन भारत विचको द्वन्दलाई सूत्रात्मक रूपमा अभिलेखिकरण गरेका छन् । पूर्व राजदुत गोखले अनुसार वर्तमान परिवेशमा चीनको आर्थिक वृद्धि दर घटेको छ । बेरोजगारी १८ प्रतिशतले बढेको अवस्था छ ।

पूजी प्लायनले गर्दा चीनिया उत्पादन ४५ प्रतिशतले घटेकोले गर्दा चीनिया कम्युनिष्ट पार्टीको राणनीतिमा आमुल परिर्वतन भएको छ । सन् १९७९ को भियतनाम युद्ध पश्चात चीनिया सैनिकले कुनै पनि देशसंग युद्ध गरेको छैन । राष्ट्रवादको उग्रतालाई बढाउन राष्ट्रपति सीले रणनीतिमा व्यापक परिर्वतन ल्याएका छन् । दक्षिण चीन सागरमा अमेरिकी लडाकु विमानको पह‘ुचले गर्दा ताइवानलाई निल्न सक्ने चीनमा सार्मथ्य देखिएको छैन । यस परिवेशमा भारतलाई सैनिक दवावमा राखेको खण्डमा राष्ट्रको ध्यान र भावना ताइवानवाट हस्तानतरित हु‘दै भारत तर्पm जाने चीनिया रणनीति रहेको छ । तर वर्तमान अवस्थामा भारत संसारकै सबभन्दा अघिक आर्थिक विकास दर वृद्धि भएको देश हुनु, संघाई सहयोग संगठनको अध्यक्षता ग्रहन गर्नु, संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको अध्यक्ष गर्नु, जी टेउन्टीको अध्यक्षता गर्नु जस्ता कारणहरूले गर्दा भारत सामरिक रूपमा अब्वल देखिएको छ । साथ साथै अमेरिकाको चर्तुभूजीय (क्वाड) को छाता मुनी हुनु र पश्चिमा सञ्चारगुहहरूको मुखपृष्ठमा हुनु जस्ता कारणले गर्दा समेत भारतलाई चीनले सैनिक र सामरिक दवावमा राख्न हम्बे हम्बे भएको छ । यस परिवेशमा भारत चीनले आप्mना समस्याहरूलाई भारतीय र चिनियाँ सभ्यता र संस्कृतीको आधारमा छिनोफानो गर्नु पर्ने आवश्यक देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);