काठमाडौं । नेपाल नगरपालिका संघको आठौं राष्ट्रिय अधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् ।
राष्ट्रिय सभागृहको हलमा जारी भेलामा महानगर, उपमहानगर र नगरपालिकाका गरी २ सय ९१ स्थानीय तहका प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।
सोही भेलाबाट संघले नयाँ नेतृत्व चयन गर्नेछ। काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ भने अहिलेसम्म पुगेका छैनन् ।