काठमाडौं, ६ पुष । वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्यमा खराबी आएपछि बेलायतस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।
पारिवारिक स्रोतका अनुसार केही समयअघि मात्र पित्तथैलीमा पत्थरी देखिएपछि थप पीडा महसुस भएको भन्दै दुई हप्ताअघि उपचारको लागि डा. देवकोटा बेलायत गएका थिए ।
लामो समय वीर अस्पतालमा काम गरेका डा। देवकोटा हाल बाँसबारीस्थित न्युरो हस्पिटल सञ्चालन गर्दै आएका छन् ।