काठमाडौं, २ पुस । निर्वाचन आयोगले आज सातै प्रदेशका प्रमुखलाई निर्वाचनको प्रतिवेदन बुझाउने भएको छ । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको नतिजा सबै प्रदेशका प्रमुखलाई बुझाएसँगै नयाँ सरकार गठनको बाटो खूल्ला हुन्छ ।
प्रतिवेदन बुुझाउनका लागि आयोगका पदाधिकारीहरु सातै प्रदेशका राजधानी पुुगिसकेका छन् । आज दिउँसो १ बजे सबै प्रदेशका प्रमुखलाई प्रतिवेदन बुुझाउने कार्यक्रम छ ।
प्रतिवेदन बुझाउनकै लागि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया प्रदेश १ मा पुुगिसकेका छन । आयुुक्त सगुनशमशेर जबरा र सचिव गोकर्णमणि दुवाडी बाग्मती प्रदेशमा प्रतिवेदन बुुझाउन जादैछन् । गत मंसिरमा सम्पन्न भएको निर्वाचनमा प्रदेशसभा तर्फ प्रत्यक्षबाट ३३० र समानुपातिकबाट २२० गरी ५ सय ५० जना निर्वाचित भएका छन् ।