काठमाडौं, १ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जापान सरकारबाट सम्मानित भएका छन् ।
दुईवर्ष अघि घोषणा गरिएको ‘अर्डर अफ द राईजिङ सन’ सिम्मान बहीबार नेपालका लागि जापानी राजदूत किकुता युताकाले पोडेललाई प्रदान गरेका हुन् ।
जापानी सम्राट मेइजिले सुरु गरेको राजकीय सम्मान पौडेललाई प्रदान गरिने सन् २०२० अप्रिल २९ मा जापानले घोषणा गरेको थियो ।
यो सम्मान जापानले विश्वका विशिष्ट व्यक्तिहरुलाई वर्षको दुई पटक प्रदान गर्दै आएको छ ।