काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई जापान सरकारले विभुषण प्रदान गर्ने भएको छ ।
जापानले ग्राण्ड कोर्डन दि अर्डर अफ दि राइजिङ सन विभुषणबाट पौडेललाई सम्मान गर्ने भएको हो ।
पौेडेललाई आज अपरान्ह ३ बजे विभुषणबाट उच्च सम्मान गर्ने कार्यक्रम रहेको छ ।
जापानले यो सम्मान वर्षमा दुईपटक प्रदान गर्दै आएको छ ।
पौडेल नेपाल जापान संसदीयमैत्री संघका संस्थापकसमेत थिए ।